देशभित्रबाटै समस्याको निकास निकालियोस् : पूर्वराजा



हाम्रो इकोनोमि

 

 

पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले काठमाडौँ लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश आम चासोको विषय रहेको प्रस्ट पारेको छ ।

‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य भएको छ, विज्ञप्तिमा भनिएको छ, यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ । घटनामा ज्यान गुमाएका होनहार आत्माप्रति पूर्वराजा तथा पूर्वराजपरिवारका सदस्यबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि संवाद सचिवालयले जनाएको छ ।

पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणासमेत पूर्वराजाबाट राखेको विज्ञप्तिमा उल्लेख छ । हाल उठेको सुशासन र आर्थिक अननुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना पूर्वराजाले राखेको संवाद सचिवालयले प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...