नेताका निवास, कार्यालय र मुख्य संवेदनशील क्षेत्र सुरक्षाकर्मीको नियन्त्रण बाहिर



हाम्रो इकोनोमि

 

 

सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ । मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ । परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास तोडफोड र आगजनी भएको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घरमा आगजनी भएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी भएको छ । कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा आगजनी भएको छ । एमालेका सचिव रघुविर महासेठको निवासमा आगजनी भएको छ । त्यस्तै एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड भएको छ । अहिले  सुरक्षाकर्मीहरुले नेताहरुलाई सुरक्षित  स्थानमा  ओसारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...