प्रमुख सहरको परिस्थिति सुरक्षाकर्मीको नियन्त्रणबाहिर



हाम्रो इकोनोमि

 

 

जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ । आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन,तोडफोड र आगजनीका घटना भएका छन् ।

आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएका छन् । यो अपडेट लेख्दासम्म प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको निजी निवाससहित शीर्ष नेताका घरमा आक्रमण र आगजनी भएको छ।

केही ठाउँमा आन्दोलनकारीले रास्वपा कार्यालयमा पनि आगजनी गरेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा विहानैदेखि कफ्र्यु घोषणा भएपछि आन्दोलनकारीले प्रशासनको आदेश अवज्ञा गर्दै ठूला ठूला प्रदर्शन गरेका छन् ।

मध्यान्ह १२ बजेसम्मको अवस्था आँकलन गर्दा अधिकांश ठाउँमा सुरक्षाकर्मीले नियन्त्रण गुमाएका छन् । परिस्थिति नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रण बाहिर गएको छ । औपचारिक रूपमा कुनै पनि निकायका अधिकारीले प्रतिक्रिया दिन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

तर, त्यतिन्जेल परिस्थिति सरकारको नियन्त्रणबाट बाहिर गइसक्ने देखिएको छ । धेरैजसो आन्दोलनका मोर्चाबाट प्रहरी पछाडि हटिसकेका छन् । काठमाडौंसहित देशका प्रमुख सहरका मुख्य सडक आन्दोलनकारीका कब्जामा छन् । दमन गर्दा हिजोको जस्तै मानवीय क्षति हुने भएकाले प्रहरी आफैँ पछि हट्दैछन् । नेपाली सेनाका प्रवक्ताले आफूहरू छलफलमा रहेको बताएका छन् ।

 

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर निकासको पहल नगरे ठूलो क्षति हुने चेतावनी बौद्धिक समुदायले समेत दिइरहेका छन् । साँझ ६ बजेसम्म देशको सुरक्षा निकायले आन्दोलन धान्न सक्ने अवस्था देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...