एमालेको पार्टी कार्यालय तोडफोड
जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् । युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन् ।


