सामाजिक सञ्जाल निष्क्रियप्रति कांग्रेसको असन्तुष्टि



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका विषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन् ।

सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि बन्द नै गर्ने निर्णय उचित नभएको उनको भनाइ थियो । बैठकले मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिइन् ।

त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल निष्कृय बनाएपछि आमनागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसँग कुरा गरिने सञ्चाचरकर्मीलाई बताए । ‘सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्छ । हामी त्यही ढंगबाट कुरा उठाउँछौं’ केसीले भने । संवैधानिक परिषद्सम्बन्धी विधेयकका सन्दर्भमा छलफल नै नभई पारितका लागि सदनमा प्रस्तुत गर्नु उचित नभएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...