आज खग्रास चन्द्रग्रहण लाग्ने



हाम्रो इकोनोमि

 

 

आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।

पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो । यस्तो दृष्य नेपाल भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

 

कति बेला देखिन्छ  ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ । यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।  चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।

ग्रहण किन लाग्छ  ?

खगोल विज्ञानका अनुसार जब सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्छन् । आ–आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ । यो अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरुपमा ढाकेमा खग्रास चन्द्रग्रहण र आंशिकरुपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

यसैगरी सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले फन्को लगाउने क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेकिदिन्छ । सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा अँध्यारो हुन्छ । यो अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रग्रहण वा सूर्यग्रहण हुनु सामान्य खगोलीय घटना हो । तर धार्मिक मान्यतामा विश्वास गर्नेहरुले ग्रहण लागेको समयलाई शुभ मान्दैनन् । त्यसैले भन्ने गरिन्छ ग्रहणको बेला पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन । हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ ।

तर वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । बरु उनीहरु यस्ता खगोलीय घटनालाई वैज्ञानिक तरिकाले हेरेर वा प्रयोगात्मक रुपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन् । ग्रहणलाई नाङ्गो आँखाले भने नहेर्न वैज्ञानिकहरु सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...