एमालेको विधान महाधिवेशनको यस्तो छ नालिवेली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ ।

महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ बजेदेखि नै आउन भनिएको छ । उदघाटन समारोह भने ११ बजेदेखि सुरु हुने छ ।

उदघाटन सत्रपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि प्रस्तुत हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेता थापाले विहीबार नै पार्टी कार्यालयमा फरक मत दर्ता गराएका थिए । महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।

प्रतिवेदनहरुमाथि भदौ २१ गते समूहगत छलफल हुने छ । ती छलफलका निष्कर्षलाई भदौ २२ गतेदेखि प्रस्तुत गरिने छ । प्रतितिनिधहरुको सुझाव र जिज्ञासामा नेताहरुले जवाफ दिने क्रम सकिएपछि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने र विधानसहितका प्रतिवेदन पास गर्दै महाधिवेशन समापन हुने एमालेले जनाएको छ ।

विधान महाधिवेशनमा एमालेले यसअघिका अन्य कार्यक्रममा जस्तै अध्यक्ष केपी शर्मा ओलीलाई आकर्षणको केन्द्र बनाएको देखिन्छ । काठमाडौं उपत्यका छिर्ने नाका भक्तपुर, थानकोट, कलंकीसहित आकाशे पुलमा समेत पोस्टर, झण्डा राखेर विधान महाधिवेशनलाई एमालेले महाउत्सवको छनक दिएको छ । गोदावरीको बसपार्कमा मुल प्रवेशद्वार बनाएर प्रतिनिधिलाई महाधिवेशनस्थल पुगेको आभास गराउन ५०० मिटरको दूरीमा तीन वटा गेट बनाइएको छ ।

२ हजार ८४० सिट क्षमताको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा ४ वटा प्रवेशद्वार छन् । मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठका अनुसार, पहिलो द्वारबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै प्रवेश गराइनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै छिर्नुपर्ने उनले बताए ।

महाधिवेशन हलमा एक नम्बर गेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई मात्र प्रवेश गराउँछौं, दुई नम्बर गेटबाट अन्य, नेता तथा प्रतिनिधिहरू प्रवेश गर्नेछन्, उनले भने । अन्तिम प्रवेश द्वारबाट क्याटरिङका लागि खाद्यान्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ ।

 

क्यूआर स्क्यान गरेर मात्रै प्रवेश, एटेडेन्स डेटा राखिने

एमालेले विधान महाधिवेशनलाई प्रविधिमैत्री बनाउन खोजेको छ । कार्यक्रमलाई व्यवस्थित गर्न र अनाधिकृत प्रवेश रोक्न प्रविधि उपयोग गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए ।

‘कार्ड त सबैले बोकेर आउनुहुन्छ तर, हाम्रो प्रतिनिधि हो कि हैन भनेर पहिचान गर्न र प्रवेश सहज बनाउन क्यूआर स्क्यानको व्यवस्था गरेका हौं, उनले भने । त्यसका लागि पार्टी प्रचार कमिटीले प्रतिनिधिहरूको डेटा डिजिटलरूपमा संकलन गरेर सिस्टम निर्माण गरिसकेको उनले बताए ।

प्रतिनिधि पहिचान गरी प्रवेश दिन ६ वटा कम्प्युटरका बुथ बनाइएको छ । त्यही बुथबाट क्यूआर स्क्यान गरी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरू महाधिवेशन हल प्रवेश गर्न पाउनेछन् ।

प्रतिनिधि, पर्यवेक्षकलाई वितरण गरिएको परिचयपत्र बाहिरको प्रवेशद्वारबाहेक हलभित्र पस्दा पुन: स्क्यान गर्नुपर्ने गरी व्यवस्थापन गरिएको छ । त्यहीँबाट स्वयंसेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्थापन गर्ने गरी हल बाहिर ६ वटा कार्डस्कान बुथ रहनेछन् ।

साथै यसपटक महाधिवेशन हलमा सहभागी प्रतिनिधिको उपस्थिति विवरण (एटेडेन्स डेटा) समेत संकलन गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...