रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए दिदीबहिनी



हाम्रो इकोनोमि

 

 

अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका हुन् । १७ गतेदेखि सम्पर्कविहीन रहेका दुवै जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । सानो बुवा र ठूलो बुवाका छोराछोरी रहेका दिदीबहिनी एउटै रुखमा भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  घटनाबारे बिहान ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यहाँको प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको छ, जिल्लाबाट अर्को टोली पनि पुग्दैछ, डीएसपी खनालले भने , घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गर्नेछ ।

घटनास्थल घरबाट करिब ४ सय मिटर टाढा रहेको छ । १३ र १४ वर्षका दुई किशोरीको शव प्रहरीले रुखबाट निकालेको छ । उनीहरू दुवै जना वडा नं. ६ कै निवासी हुन् । १७ गते साँझदेखि सम्पर्कविहीन रहेको जानकारी वडा अध्यक्ष टिकाराम जैशीले दिए । एउटै रुखको एउटै हाँगामा भेटिएको शवबारे गम्भीर अनुसन्धान हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...