पूर्वराष्ट्रपतिले पार्टी सदस्यता परित्याग गरीसक्नुभो : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताएका छन् । विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताए ।
उनले भने, कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषय उठाएर उहाँले पनि विधानमा फरक मत राख्नुभएको छ । त्यो विधानमाथि छलफल हुनसक्ला । त्यो विषय पनि भोलिको सचिवालय बैठकले नै निरूपण गर्ला । अरूले फरक मत राख्नुभएको छैन ।
उनले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नखोसेको बताए । उनले भने, ‘परित्याग गरेको विषयलाई पुनस् कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।


