चीन र भारत मिलेपछि विश्व शक्ति एसियामा केन्द्रित, पश्चिमा शक्ति कमजोर



हाम्रो इकोनोमि

 

 

चीनमा सम्पन्न सांघाई सहयोग संगठन ( एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएकाछन् । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले गरेको कार्यक्रममा उनीहरूले चीन- भारत एकताको लाभ नेपालले उठाउन सक्नुपर्ने बताएकाहुन् । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहाल, जापानका लागि नेपालका पूर्व राजदूत डा. बिष्णुहरि नेपाल,प द्वन्द्व विशेषज्ञ डा. बिष्णुराज उप्रेती, एमालेका विदेश विभाग सदस्य गोपाल खनाल र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरण कुटनीतिक क्षेत्रमा कोशेढुंगा सावित भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले उठाएको सीमा विवादको सन्दर्भलाई चिनियाँ पक्षले नोटमा लिएको दाबी गर्दै उनीहरूले त्यसको परिणाम समयक्रममा देखिने धारणा राखे । भारत र चीनको एकतामा रुसपनि एकसाथ रहेकाले पश्चिमा शक्ति कमजोर हुँदै गएको उनीहरुको ठहर छ । एससीओ सम्मेलनपछि एसियामा विकासको गति पनि तीव्र हुने उनीहरूको विश्वास छ ।

नेपालको समग्र विकासमा चीन र भारतको महत्त्वपूर्ण योगदान रहेकाले नेपालले कुटनीतिक कौशलता र सशक्त संवादमार्फत सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उनीहरुको सुझाव छ । प्रधानमन्त्रीले विदेशी भूमिमा देशको पक्षमा अठान लिएकाबेला देशभित्र केही दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला गर्नु दु:खद भएको उनीहरूले बताए । प्रधानमन्त्रीले जलवायु, कृषि, विकास, पूर्वाधार लगायत विश्व जगतका साझा मुद्दा पनि सम्मेलनमा उठाएको जानकारी उनीहरूले दिए ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...