८० औं विजयउत्सवको अवसरमा बेइजिङमा शक्ति प्रदर्शन



हाम्रो इकोनोमि

 

 

 चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा विश्वका नेताहरुसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । जापानीहरुले गरेको आक्रमणमा विजय हासिल गरेको दिनको स्मरणमा हरेक वर्ष चीनले विजयोत्सव मनाउँछ । यो ८० औं विजयोत्सव कार्यक्रम हो ।

‘भिक्ट्री–डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेका छन् । बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका थिए ।

तियानमेन स्क्वायरमा सेनाको टोलीले परेड प्रदर्शन गरेको थियो । साथै ८० हजार सेता परेवा समेत आकाशमा उडाइएको थियो । औपचारिक समारोह सकिएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सरिक भएपछि प्रधानमन्त्री ओली आजै काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

 

हेर्नुहोस् चीनले गरेको शक्ति प्रदर्शन–

   

 

 

    

  

  

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...