श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव



हाम्रो इकोनोमि

 

 

 श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा घर खरिद गरेर बस्दै आएका थिए ।

उनी ३४ वर्षकी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षकी छोरी सरुसँगै बस्दै आएका थिए । तर पछिल्लो केही दिनदेखि सुमित्रा भने बेपत्ता भइन् । वरपर छरछिमेक माइती पक्षले उनलाई नदेखेपछि सुमित्रा हराएकाले खोजी गरिदिन भन्दै १६ भदौमा प्रहरी चौकी बाल्कोटमा मौखिक जानकारी गराएका थिए ।

त्यसपछि अनुसन्धान गर्दा उनकै घरको भान्छा कोठामा गाडेको अवस्थामा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख तथा डीएसपी चक्र मल्लले बताए । अनुसन्धानको क्रममा १२ भदौको राति १२ बजेतिर श्रीमान्–श्रीमती विवाद भएको त्यसपछि हत्या गरिएको खुलेको हो ।

विवाद भएपछि सोही रात किरणले श्रीमती सुमित्रालाई बाँसको भाँटा र हंसियाले हानेर हत्या गरेको पाइएको हो । हत्यापछि कम्बलले पोको पारेर आफ्नै घरको भान्छाकोठामा खाल्डो खनेर शव गाडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको डीएसपी मल्लले  बताए । १६ भदौको राति साढे ८ बजेतिर शव उत्खनन् गरेर प्रहरीले निकालेको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएको छ । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्‌बाट ३ छोरी रहेको पाइएको छ ।

११ भदौमा किरण गाउँमै भएको भजनकृतन कार्यक्रममा उपस्थित भएका थिए । राति साढे ११ बजेतिर घर फर्केका थिए । त्यसपछि १२ बजेतिर श्रीमतीको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । हत्या गर्ने बेला उनले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

श्रीमतीको हत्या गरेर किरण घरमै बसेका थिए । कसैलाई खबर गरे छोरीलाई समेत मार्ने भनेर धम्की दिएकाले ९ वर्षकी छोरीले घटना थाहा पाउँदा समेत कतै भन्न नसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए । प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बाँसको लाठ्ठी, हंसिया बरामद गरेको छ । त्यसैगरी शव गाड्न प्रयोग भएको गैंची, बेल्चा, सानो कोदालो बरामद गरेको छ । ‘ओरेन्ज’ लेखेको मदिराको खाली बोत्तल र भरी बोत्तल पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...