प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

चीनको तियान्जिनमा प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पुटिनले नेपालसँगको सम्बन्धबारे उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरु रसियाबाट शिक्षित भएर चिकित्सा क्षेत्रमा नेपालमा सक्रिय रहेको बताए । जसमा पुटिनले दुई देशबीचको सांस्कृतिक आदानप्रदान र शैक्षिक विकास भएको उल्लेख गरे । नेपाली विद्यार्थी रुसमा पढेर नेपाल फर्कने गरेको र नेपालीहरु उत्सुक भएको समेत बताए ।

 

पुटिन

सम्मानीय प्रधानमन्त्रीज्यू तपाईंसँग भेटेर विविध विषयमा छलफल गर्न पाउँदा र यो समिटमा सहभागी हुँदा खुशी लागेको छ । यदि मैले सही सम्झेँ भने हामीबीच सन् १९५६ मा राजनीतिक सम्बन्ध जोडिएको थियो । र अर्को वर्ष एक प्रकारको वार्षिकोत्सव छ । तरपनि हामी अहिले नै हाम्रो ऐतिहासिक सहकार्यको नतिजाबारे ध्यान दिन सक्छौं । मैले यो भन्नै पर्छ कि हामीबीच कुनै पनि समस्या रहेको छैन ।

यसैगरी, धेरैजसो अन्तर्राष्ट्रिय एजेण्डामा कूटनीतिकरुपमा हामी सामान छौँ । विभिन्न एजेण्डाका महत्वपूर्ण इस्युमा हामी कसरी हाम्रो सहकार्यलाई गहिरो र फराकिलो बनाउन सक्छौं भनेर सोच्नु बुद्धिमानी हुनेछ । तपाईंसँग भेटेर खुशी लाग्यो सम्माननीय प्रधानमन्त्रीज्यू । धेरै धेरै धन्यवाद ।

 

प्रधानमन्त्री ओलीले भने

धेरै धेरै धन्यवाद सम्माननीय राष्ट्रपतिज्यू यो मध्यरातमा मसँग भेट्ने समय व्यवस्थापन गर्नु भएकोमा, यो अवसर पाउँदा मलाई खुशी लागेको छ । हामीसँग पुरानो मित्रता । १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सम्बन्ध निकै समुधर भएर आइरहेको छ । यद्यपि के कारण हो मलाई थाहा छैन । अहिलेसम्म रुसबाट विशेषगरी उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण भएको छैन ।

हाम्रो नेपालको तर्फबाट भने मै पनि १९९९ र २००० मा रुसमा थिएँ । उक्त अवसरमा मैले रुसका धेरै ऐतिहासिक स्थानहरु जस्तै मस्को पिटर्सवर्ग जस्ता स्थानबारे जान्ने मौका पाएको थिएँ । जब मैले १९९९ मा रुस घुमेको थिएँ । उक्त समयमा पनि मैले जानेँ कि ५ हजार भन्दा बढी नेपाली विद्यार्थीले रसियाका विभिन्न विश्वविद्यालयमा अध्ययनको अवसर प्राप्त गरेका थिए । अहिले पनि नेपालमा धेरै डाक्टरहरुले मानिसहरुको उपचार गरिरहेका छन् जो रुसमा अध्ययन गरेर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...