एमाले विधान महाधिवेशनमा परिचयपत्रको क्यूआर स्क्यान गरेरमात्र प्रवेश पाइने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ यही २०-२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ । महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जना सहभागी हुँदैछन् । दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । ती मृत्यु भएका, पार्टी छाडेका र कारबाहीमा परेकाको सूची हटाइएको छ । तर, ती रिक्त ठाउँमा नयाँ प्रतिनिधी छनौटको व्यवस्था छैन’ गौतमले भने ।

दशौं महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकालाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उनीहरू आयोजकको हैसियतमा रहने उनले बताए । केन्द्रीय कार्यलयले हिजो नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निम्तो पठाएको छ । केही प्रतिनिधीको मोवाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीमार्फत् निमन्त्रणा गरिएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, साँगठनिक र विधान छपाइको काम भइरहेको छ । निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइ भइरहेको छ । प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ । एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदन महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य प्राविधिक विषयमा निर्णय हुनेछ ।

प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ । परिचय पत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । डा.अधिकारीका हलमा छिर्न प्रतिनिधिलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ ।

खाना र खाजाका लागि हिजो ब्यांक्वेटलाई जिम्मा दिइएको साथै महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ । विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटी सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र झण्डा राख्ने तयारीमा जुटेका छन् । ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने र भक्तपुरले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकाशे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...