माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश दिने



हाम्रो इकोनोमि

 

 

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति बैंठकले गत आवको नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार ८ प्रतिशत लाभांशमा ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवा पहुँचका लागि नयाँ–नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ । नयाँ शाखामार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथ चौबिसै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...