जनार्दनले ओलीसँग गोप्य वार्ता गरेको फोटो भाइरल, यस्तो छ वास्तविकता



हाम्रो इकोनोमि

 

 

माओवादी हेडक्वार्टरका निकट नेता कार्यकर्ताले पछिल्लो समय जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य सल्लाहकार विष्णु रिमालसहितसँग बसेर खाना खाएको तस्बिर भाइरल बनाइरहेका छन् । उनीहरूले थाइल्याण्डमा पुगेर शर्माले माओवादी पार्टी फुटाउन एमाले अध्यक्ष ओलीसँग गोप्य वार्ता गरेको भनेर उक्त फोटो सार्वजनिक गरेका छन् । माओवादी कार्यकर्ताले फेसबुकमा भाइरल बनाइरहेको उक्त फोटोमा प्रधानमन्त्री ओली राधिका शाक्य, विष्णु रिमाल देखिन्छन् । यही फोटो भाइरल बनाएर पार्टीभित्र अन्तर संघर्ष चर्किएका बेला जनार्दनले ओलीसँग गोप्य वार्ता गरेको उनीहरूको आरोप छ ।

तर वास्तविकता भने फरक रहेछ । उक्त फोटो क्रप गरेर एकतर्फी मात्र भाइरल भइरहेको पाइएको छ । वास्तविक फोटोमा डाइनिङ टेबलको अर्कोतर्फ परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, कांग्रेस नेता एनपी साउद,जसपा नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा छन् । डाइनिङ टेबलको एकातर्फको मात्र फोटो क्रप गरेर अन्तर संघर्षलाई विद्रुपीकरण गरिएको वाइसिएलका पूर्व अध्यक्ष सुबोध शेर्पालीले बताएका छन् । यो फोटो बिमस्टेक सम्मेलनका बेला प्रधानमन्त्रीको प्रतिनिधि मण्डलले सँगै खिचेको पाइएको छ ।

गत चैत १९ गतेदेखि २३ गतेसम्म बैंककमा भएको बिमस्टेक बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डलमा विपक्षी दलका सांसदहरू समेत समेटिएका थिए । सोही बेलाको खाना खाने बेला खिचिएको तस्बिरलाई माओवादी विवादमा दुरुपयोग गरिएको शर्माको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...