जनार्दनले ओलीसँग गोप्य वार्ता गरेको फोटो भाइरल, यस्तो छ वास्तविकता



हाम्रो इकोनोमि

 

 

माओवादी हेडक्वार्टरका निकट नेता कार्यकर्ताले पछिल्लो समय जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य सल्लाहकार विष्णु रिमालसहितसँग बसेर खाना खाएको तस्बिर भाइरल बनाइरहेका छन् । उनीहरूले थाइल्याण्डमा पुगेर शर्माले माओवादी पार्टी फुटाउन एमाले अध्यक्ष ओलीसँग गोप्य वार्ता गरेको भनेर उक्त फोटो सार्वजनिक गरेका छन् । माओवादी कार्यकर्ताले फेसबुकमा भाइरल बनाइरहेको उक्त फोटोमा प्रधानमन्त्री ओली राधिका शाक्य, विष्णु रिमाल देखिन्छन् । यही फोटो भाइरल बनाएर पार्टीभित्र अन्तर संघर्ष चर्किएका बेला जनार्दनले ओलीसँग गोप्य वार्ता गरेको उनीहरूको आरोप छ ।

तर वास्तविकता भने फरक रहेछ । उक्त फोटो क्रप गरेर एकतर्फी मात्र भाइरल भइरहेको पाइएको छ । वास्तविक फोटोमा डाइनिङ टेबलको अर्कोतर्फ परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, कांग्रेस नेता एनपी साउद,जसपा नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा छन् । डाइनिङ टेबलको एकातर्फको मात्र फोटो क्रप गरेर अन्तर संघर्षलाई विद्रुपीकरण गरिएको वाइसिएलका पूर्व अध्यक्ष सुबोध शेर्पालीले बताएका छन् । यो फोटो बिमस्टेक सम्मेलनका बेला प्रधानमन्त्रीको प्रतिनिधि मण्डलले सँगै खिचेको पाइएको छ ।

गत चैत १९ गतेदेखि २३ गतेसम्म बैंककमा भएको बिमस्टेक बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डलमा विपक्षी दलका सांसदहरू समेत समेटिएका थिए । सोही बेलाको खाना खाने बेला खिचिएको तस्बिरलाई माओवादी विवादमा दुरुपयोग गरिएको शर्माको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...