नेपालले चीनको ग्लोबल इनिसियटिभलाई समर्थन गर्ने



हाम्रो इकोनोमि

 

 

नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धतालाई चीनको विदेश मन्त्रालयले प्राथमिकताका साथ वक्तव्यमा समेटेको छ । राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको द्विपक्षीय भेटवार्ताको बारेमा जारी गरिएको विस्तृत वक्तव्यमा नेपालले एक चीन नीतिमा दर्शाएको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको विपक्षमा उभिएको दृढतालाई प्रशंसा गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल एक-चीन नीतिप्रति दृढ रहेको स्पष्ट पार्दै ‘ताइवान स्वतन्त्रता’लाई नेपालले समर्थन नगर्ने तथा कुनै पनि शक्ति वा समूहलाई आफ्नो भूमि प्रयोग गरी चीनको हितविरुद्ध गतिविधि गर्न नदिने अडान व्यक्त गरेको उल्लेख छ ।

बेइजिङको वक्तव्यमा भनिएको छ प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले अनेकौँ परीक्षा पार गरेर अझ मजबुत भएको र परस्पर सम्मान(विश्वासमा आधारित रहेको उल्लेख गरे। नेपाल दृढ रूपमा ‘एक(चीन नीति’को पक्षमा रहेको, ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरुद्ध गतिविधि गर्न नदिने अडान नेपालका प्रधानमन्त्री ओलीले दोहोर्‍याएका छन् । वक्तव्यमा नेपालका प्रधानमन्त्रीले चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभलाई समर्थन गर्ने बताएको उल्लेख छ ।

त्यस्तै राष्ट्रपति सीले चीन(नेपाललाई हिमाल र नदीले जोडिएको छिमेकी मात्र नभई दीर्घकालीन मित्रताले बाँधिएको राष्ट्र भनेका छन् । विगत ७० वर्षदेखि दुई देशले सँगै कठिनाइ र सुख(दुःख भोग्दै सद्भाव र मैत्रीपूर्ण सम्बन्धको ऐतिहासिक अध्याय लेखेको उल्लेख गर्दै उनले बेल्ट एन्ड रोड सहकार्य स्थिर रूपमा अघि बढिरहेको बताएको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...