नेपालले चीनको ग्लोबल इनिसियटिभलाई समर्थन गर्ने



हाम्रो इकोनोमि

 

 

नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धतालाई चीनको विदेश मन्त्रालयले प्राथमिकताका साथ वक्तव्यमा समेटेको छ । राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको द्विपक्षीय भेटवार्ताको बारेमा जारी गरिएको विस्तृत वक्तव्यमा नेपालले एक चीन नीतिमा दर्शाएको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको विपक्षमा उभिएको दृढतालाई प्रशंसा गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल एक-चीन नीतिप्रति दृढ रहेको स्पष्ट पार्दै ‘ताइवान स्वतन्त्रता’लाई नेपालले समर्थन नगर्ने तथा कुनै पनि शक्ति वा समूहलाई आफ्नो भूमि प्रयोग गरी चीनको हितविरुद्ध गतिविधि गर्न नदिने अडान व्यक्त गरेको उल्लेख छ ।

बेइजिङको वक्तव्यमा भनिएको छ प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले अनेकौँ परीक्षा पार गरेर अझ मजबुत भएको र परस्पर सम्मान(विश्वासमा आधारित रहेको उल्लेख गरे। नेपाल दृढ रूपमा ‘एक(चीन नीति’को पक्षमा रहेको, ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरुद्ध गतिविधि गर्न नदिने अडान नेपालका प्रधानमन्त्री ओलीले दोहोर्‍याएका छन् । वक्तव्यमा नेपालका प्रधानमन्त्रीले चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभलाई समर्थन गर्ने बताएको उल्लेख छ ।

त्यस्तै राष्ट्रपति सीले चीन(नेपाललाई हिमाल र नदीले जोडिएको छिमेकी मात्र नभई दीर्घकालीन मित्रताले बाँधिएको राष्ट्र भनेका छन् । विगत ७० वर्षदेखि दुई देशले सँगै कठिनाइ र सुख(दुःख भोग्दै सद्भाव र मैत्रीपूर्ण सम्बन्धको ऐतिहासिक अध्याय लेखेको उल्लेख गर्दै उनले बेल्ट एन्ड रोड सहकार्य स्थिर रूपमा अघि बढिरहेको बताएको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...