मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगंज पुगेकी छन् । बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी वीरगंज पुगेकी हुन् ।

राजनीतिमा सक्रिय भएकी भण्डारीलाई विमानस्थलमै ५१ किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि कार्यकर्ताहरू विमानस्थलमै पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।

उनको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उप मेयर भोला अधिकारी, जितपुर सिमरा अध्यक्ष त्रिलोक शाह, र विरगंज महानगर अध्यक्ष नवराज शर्मालगायतका नेताहरु सिमरा पुगेका छन् ।  उनले बीआइसीसीआई बृहत महिला सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...