रजस्वला बार्न त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगा खसेर मृत्यु



हाम्रो इकोनोमि

 

 

अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ ।पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर दुवै जना महिला त्रिपालमुनि सुतेका थिए । रत्नाकी सात वर्षीया छोरी कविता भने आमाको माया लागेको भन्दै सँगै सुतेकी थिइन् । मृतक खनाल र भण्डारी दुवै जना माइत आएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...