डडेल्धुरामा जीप दुर्घटना, ४ को मृत्यु, ६ जना घाइते



हाम्रो इकोनोमि

 

 

डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा आज बिहान जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ यात्रु घाइते भएका छन् । उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा-५ बस्ने १८ वर्षीया सुशीला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, जीप चालक ३५ वर्षीय रामबहादुर साउदसहित अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुशीला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...