डडेल्धुरामा जीप दुर्घटना, ४ को मृत्यु, ६ जना घाइते



हाम्रो इकोनोमि

 

 

डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा आज बिहान जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ यात्रु घाइते भएका छन् । उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा-५ बस्ने १८ वर्षीया सुशीला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, जीप चालक ३५ वर्षीय रामबहादुर साउदसहित अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुशीला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...