रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए



हाम्रो इकोनोमि

 

 

 रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले बताए । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । उनलाई गम्भीर अवस्थामा फेला पारेको प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...