त्रिविको आंशिक शुल्क घटाउने सहमति



हाम्रो इकोनोमि

 

 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा स्तरीकरणको माग गर्दै विगत ३४ दिनदेखि आन्दोलनरत नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र त्रिभुवन विश्वविद्यालय प्रशासनबीच ४ बुँदे सहमति भएको छ । मङ्गलवार साँझ भएको वार्तामा त्रिवि केन्द्रीय विभागमा मानविकी तथा सामाजिक शास्त्र संकायको आन्तरिक छात्रवृत्ति कार्यान्वयन लगायतका माग सम्बोधन गर्ने सहमति भएको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. दुविनन्द डकालको रोहबरमा त्रिभुवन विश्वविद्यालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनाल र आन्दोलनरत विद्यार्थीका तर्फबाट अत्रिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं त्रिवि जिल्ला समितिका इञ्चार्ज ममता जोशी, त्रिवि जिल्ला समितिका कार्यवाहक अध्यक्ष शिवराज भट्ट, आन्दोलन कमाण्डरं प्रविण दाहाल र आन्दोलन संयोजक टिकेन्द्रप्रसाद चौलागाईवीच चार बुँदे सहमति भएको हो ।

सहमतिका बुँदामा मानविकी तथा सामाजिक शास्त्र संकायका केन्द्रीय विभागमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनमा लिइने भर्नाको शुल्कलाई १ लाख १० हजार बाट घटाएर ९० हजार कायम गरिने तथा यो व्यवस्था दुवै सेमेस्टरका लागि कार्यान्वयन गरिने सहमति भएको छ ।

दोस्रो बुँदामा विश्वविद्यालय नियमानुसार विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिलाई कार्यान्वयन गरिने, तेस्रो बुँदामा केन्द्रीय विभागमा भौतिक पूर्वाधार तथा आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्दै लगिने र चौथो बुँदामा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइने सहमति भएको छ । यो सम्झौतासँगै विगत ३४ दिनदेखि जारी आन्दोलन अन्त्य भएको छ । अखिल (क्रान्तिकारी) ले आफ्ना माग सम्बोधन भएकोमा खुसी व्यक्त गरेको छ भने विश्वविद्यालयले शैक्षिक वातावरण सामान्यीकरण हुने विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...