फेटा गाउँपालिकामा अपाङ्गता भएका नागरिकलाई ह्विलचियर वितरण
बारा जिल्लाको फेटा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले ह्विलचियर वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष श्री रुस्तम अन्सारी र उपाध्यक्ष निलम साहको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा पालिकाभित्रका वास्तविक अपाङ्गता प्रमाणपत्र प्राप्त लाभग्राहीहरूलाई ह्विलचियर प्रदान गरिएको हो । कार्यक्रमले स्थानीय तहबाट सामाजिक समावेशिता, सहजीकरण र पहुँच सुनिश्चित गर्ने प्रयासलाई थप सबल बनाएको छ । फेटा गाउँपालिकाको नेतृत्वले अपाङ्गता भएका नागरिकहरूको सहज आवागमन तथा आत्मनिर्भर जीवनशैली निर्माणमा टेवा पुर्याउने उद्देश्यले यस्तो पहल गरेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष रुस्तम अन्सारीले भने: फेटा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने दिशामा यस्ता कार्यक्रमहरू निरन्तर अगाडि बढाउनेछ । त्यसैगरी उपाध्यक्ष निलम साहले समाजमा समान अवसर सुनिश्चित गर्न सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, सेवा प्रवाहमा पारदर्शिता र पहुँचको सुनिश्चितता गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । कार्यक्रममा सहभागी लाभग्राहीहरूले ह्विलचियर पाउँदा खुसी व्यक्त गर्दै गाउँपालिका तथा नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेका थिए । राहुल गुप्ता, बारा


