विप्लव निवासमा प्रचण्ड, पार्टी एकताबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव निवासमा पुगेका छन् । विप्लवलाई भेट्न निवास हरिसिद्धि पुगेका हुन् । दुई नेताबीच अहिले छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ । भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चादेखि पार्टी एकताको विषयमा केन्द्रित रहेको जनाइएको छ ।

माओवादीले हालै बसेको स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । यसअघिदेखि नै चर्चामा रहे पनि वार्ताबिना माओवादीले निर्णय गरेपछि नेकपाका नेताहरूले असन्तुष्टि जनाइरहेका थिए । एकता वार्तालाई अगाडि बढाउने उद्देश्यले प्रचण्ड आज विप्लव निवासमै पुगेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...