मोरङ अनेरास्ववियुमा विद्या गुटको समानान्तर टीम



हाम्रो इकोनोमि

 

 

अनेरास्ववियु मोरङमा २ जना संयोजक तोकिएका छन् । विवादका कारण संस्थापन पक्ष र संस्थापन इतरका छुट्टा छुट्टै जिल्ला संयोजक तोकिएपछि विवाद उत्पन्न भएको छ । शनिवार विराटनगरस्थित एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियु जिल्ला कमिटीको बैठकमा कसलाई संयोजक बनाउने भन्ने विषयमा विवाद भएको थियो ।

विवाद पछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन । बैठक निष्कर्षमा पुग्न नसकेपछि संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरेको छ । यस्तै संस्थापन इतर समूहले संगम कन्दङ्वालाई संयोजक चयन गरेको छ । बैठक अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज प्रीति दाहालको प्रमुख आतिथ्य र जिल्ला संयोजक वीरेन्द्र घिमिरेको अध्यक्षतामा बसेको थियो।

बैठकमा संयोजक वीरेन्द्रलाई ३२ वर्ष नपुगेको प्रमाण ल्याउन माग गरेका थिए । सोही विषयमा विवाद भएपछि संयोजक घिमिरे बैठक छाडेर हिँडेको विद्यार्थी इन्चार्ज जोसेप घिमिरेले बताए । वीरेन्द्र बाहिरिएपछि बैठकले उपाध्यक्ष समेत रहेका कन्दङ्वालाई संयोजक बनाउने निर्णय गरेको थियो । वीरेन्द्रले भने मङ्गलवार प्रमाण पेस गर्ने भनेर बैठक सकिएपछि सो समूहले उपाध्यक्षलाई संयोजक तोकेको बताए ।

आफूसँग सल्लाह नै नगरी अवैधानिक तवरले संयोजक तोकेपछि आफूले पनि एलिस ओझालाई संयोजक घोषणा गरेको बताए । यसअघि गत माघमा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्का रहँदा पनि अनेरास्ववियु केन्द्रीय कमिटीले तत्कालीन सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो।

एमाले मोरङका उपाध्यक्ष सागर थापाले कमिटीले घोषणा गरेका व्यक्ती नै आधिकारिक भएको बताए । उनले भने, संयोजकलाई नै संयोजक तोक्ने कुनै विधान छैन । बैठकले जसलाई संयोजक तोक्यो उही संयोजक हो ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...