मोरङ अनेरास्ववियुमा विद्या गुटको समानान्तर टीम
अनेरास्ववियु मोरङमा २ जना संयोजक तोकिएका छन् । विवादका कारण संस्थापन पक्ष र संस्थापन इतरका छुट्टा छुट्टै जिल्ला संयोजक तोकिएपछि विवाद उत्पन्न भएको छ । शनिवार विराटनगरस्थित एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियु जिल्ला कमिटीको बैठकमा कसलाई संयोजक बनाउने भन्ने विषयमा विवाद भएको थियो ।
विवाद पछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन । बैठक निष्कर्षमा पुग्न नसकेपछि संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरेको छ । यस्तै संस्थापन इतर समूहले संगम कन्दङ्वालाई संयोजक चयन गरेको छ । बैठक अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज प्रीति दाहालको प्रमुख आतिथ्य र जिल्ला संयोजक वीरेन्द्र घिमिरेको अध्यक्षतामा बसेको थियो।
आफूसँग सल्लाह नै नगरी अवैधानिक तवरले संयोजक तोकेपछि आफूले पनि एलिस ओझालाई संयोजक घोषणा गरेको बताए । यसअघि गत माघमा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्का रहँदा पनि अनेरास्ववियु केन्द्रीय कमिटीले तत्कालीन सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले कमिटीले घोषणा गरेका व्यक्ती नै आधिकारिक भएको बताए । उनले भने, संयोजकलाई नै संयोजक तोक्ने कुनै विधान छैन । बैठकले जसलाई संयोजक तोक्यो उही संयोजक हो ।


