सशस्त्र प्रहरीका एसपी केसीको कडाइ : बाराबाट लाखौंको अवैध सामान बरामद



हाम्रो इकोनोमि

 

 

सशस्त्र प्रहरी बल नेपाल, गण नं. १२ का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा बारा जिल्लामा अवैध ओसार–पसारविरुद्ध सञ्चालन गरिएको अपरेसनमार्फत झण्डै १० लाख ५५ हजार रुपैयाँ बराबरको भन्सारछली सामान बरामद गरिएको छ । मटिअर्वा सीमा इलाकामा खटिएको प्र.सि.सु. गुल्म मटिअर्वाको टोली — सशस्त्र प्रहरी नायब उपरीक्षक सुधीर खतिवडाको कमाण्डमा — ले बुधवार कलैया उपमहानगरपालिका–१० मा भारतबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको अन्दाजी २ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीनवटा मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार उक्त सामानसहितको मूल्य करिब ४ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ । त्यस्तै, जिल्ला सुरक्षा बेस कलैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंह थारु नेतृत्वमा खटिएको टोलीले कलैया–५ बरेवा सडक खण्डमा चेकजाँचको क्रममा यात्रुवाहक अटोबाट १ लाख १४ हजार रुपैयाँ बराबरका भन्सारछली लेडिज कपडा बरामद गरेको छ ।

विओपी गोलागञ्जका सहायक निरीक्षक शिवशंकर चौधरी नेतृत्वको टोलीले मोटरसाइकलमार्फत ल्याइएका १ लाख १२ हजार ७९० रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ । यसैगरी, सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको टोलीले बिहीबार बिहान जितपुरसिमरा–९ छतापिपरामा यात्रुवाहक बसको डिक्कीभित्र लुकाइएका ३ लाख ५९ हजार रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको छ । एसपी खुमबहादुर केसीका अनुसार, बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक प्रक्रिया पश्चात् वीरगञ्ज भन्सार कार्यालयमा आजै बुझाइएको छ ।

 

राहुल गुप्ता, बारा (कलैया)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...