रुपन्देहीमा नेपाल आयल निगमको आधुनिक इन्धन डिपो बन्ने



हाम्रो इकोनोमि

 

 रुपन्देहीमा नेपाल आयल निगमको आधुनिक इन्धन डिपो बन्ने भएको छ । आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब रुपैयाँ लागतमा आधुनिक पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो । यस डिपोले लुम्बिनी प्रदेशमा हुने पेट्रोलियम पदार्थको मासिक खपत बराबर आपूर्ति धान्न सक्नेछ ।

भलवारी डिपोमा पेट्रोलका लागि ५१९ किलोलिटर, डिजेलका लागि ३,०४० किलोलिटर र मट्टितेलका लागि २८० किलोलिटर मात्र भण्डारण क्षमता छ, जसले प्रदेशको दुई–तीन दिनको खपत मात्र धान्ने अवस्था रहेको निगमले जनाएको छ । भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख इञ्जिनियर प्रदीपकुमार यादव का अनुसार, “भलवारीमा सुरक्षा जोखिम उच्च छ र क्षमता विस्तार गर्न जग्गा छैन, त्यसैले रोहिणी नदी किनारमा ठूलो क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो ।

 

noc 1.jpg

 

२५ बिघा क्षेत्रफलमा अत्याधुनिक संरचना

करिब साढे २५ बिघा क्षेत्रफलमा फैलिने नयाँ डिपो निर्माणका लागि निगमले रोहिणी र ओमसतिया गाउँपालिकामा साढे ११ बिघा जग्गा खरिद गरिसकेको छ भने थप साढे ८ बिघा पर्ती जग्गा स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढाएको छ । डिपो निर्माणका लागि दुबै गाउँपालिकाले सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेका छन् । नयाँ डिपो निर्माणमा कर बाहेक ५ अर्ब ७९ करोड ३० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

स्थानीयको सहमति र विश्वविद्यालयको योगदान

डिपो निर्माणका लागि सो क्षेत्रका ९७ जना स्थानीयले लिखित सहमति पत्रमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौं विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी निगमलाई हस्तान्तरण गरेको हो । विभाग प्रमुख डा. विवेक बराल ले नेपाली इन्जिनियरहरू पेट्रोलियम पूर्वाधार निर्माण गर्न सक्षम रहेको टिप्पणी गरे ।

त्यस्तै, निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक तथा पेट्रोलियम विज्ञ सुशील भट्टराई ले भलवारीमा भण्डारण क्षमता विस्तार गर्न असम्भव भएकाले नयाँ डिपो अपरिहार्य भएको बताए । निगमले असोजमा ठेक्का आह्वान गर्ने र मंसिरदेखि निर्माण सुरु गरी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । नयाँ डिपो बनेपछि लुम्बिनी प्रदेशमा पेट्रोलियम आपूर्ति सुरक्षामा महत्वपूर्ण सुधार आउने र संकट व्यवस्थापनमा सहजता आउने निगमको अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...