नवनियुक्त मन्त्री थापाको निवासमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

बागमती प्रदेशका नवनियुक्त श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाको निजी निवास बुढानिलकण्ठ -२ भंगालमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। आज भाद्र ४ गते विहान ०८ :३० बजेको शुभसाइतमा हिन्दु परम्परा अनुसार पुजा विधि सम्पन्न गरि झन्डोत्तोलन गरिएको मन्त्री थापाका स्वकीय सचिव बिक्रम श्रेष्ठले जानकारी दिएका छन्। उक्त पुजा कार्यक्रममा बटुक ब्राह्मणहरुले स्वस्ति वाचन गर्दै बिधि पुर्वक पुजा पाठ गरेका थिए।

 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा सहित वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरु,नेकपा एमाले काठमाडौं जिल्ला कमिटिका सदस्यहरु,नेकपा एमाले काठमाडौं ४ का संयोजक तथा सदस्यहरु, नेकपा एमाले काठमाडौं ४(२) का संयोजक तथा सदस्यहरु, नेकपा एमाले बुढानिलकण्ठ नगरकमिटिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, नेकपा एमालेका विभिन्न वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु, सुरक्षाकर्मीहरु लगायत शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सहभागीहरुलाई खानाको व्यबस्था समेत गरिएको थियो।


 

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...