मोटरसाइकल र स्कुटर ठोक्किंदा २ को मृत्यु, ३ जना घाइते



हाम्रो इकोनोमि

 

 

बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र  प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ । उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् । एक जनाको सनाखतसमेत नभएकोले आफन्तको खोजी भरहेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ -८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष घाइते छन् । पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...