ज्यामिरे पहिरो पन्छाउन क्विक रेस्पोन्स टिमको सहयोगमा आयोजनाले दियो कामलाइ तिव्रता



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेश राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको काठमाडौं-हेटौंडा सडकको ज्यामिरे खण्डको पहिरो पन्छाउन क्विक रेस्पोन्स टिमको सहयोगमा प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौंडाले कामलाई तीव्रता दिएको छ । शनिबार बिहान पहिरो गएर अवरुद्ध बनेको भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकको पहिरो पन्छाउन क्विक रेस्पोन्स टिमको सहयोगमा आयोजनाले हिजैदेखि काम थाले पनि २४ घण्टासम्म सडक खुलाउन भने सकेको छैन । लगातार पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको हो ।

शनिबार एउटा एक्साभेटर र एउटा लोडरको सहयोगमा पहिरो पन्छाउन थालिएकोमा आइतबार विहानैदेखि एउटा लोडर, एउटा एक्साभेटर र दुईवटा जेसिबी प्रयोग गरिएको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिबार बिहान ९:३० बजेतिर सुक्खा पहिरो खसेको छ । साउन २० गते मन्त्रालय सम्हालेका मन्त्री डा. दिनेशचन्द्र देवकोटाले लगत्तै गठन गरेको क्विक रेस्पोन्स टिमको सक्रियतामा मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौंडामार्फत सडक खुलाउन मेसिनहरू प्रयोग गरिएको छ । आयोजनाले आइतबार साँझसम्म सडक सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम गरिरहेको आयोजना प्रमुख देवनारायण यादवले जानकारी दिए ।

उनका अनुसार शनिबार नै बाटो खुलाउने प्रयास गरिए पनि पहिरो खस्न नरोकिएपछि साँझ ६ बजेपछि काम रोकिएको थियो । आइतबार साँझसम्म सडक खुलाउने गरी मन्त्रालयसँगको समन्वयमा पहिरो हटाउने काम भइरहेको आयोजना निर्देशक नवीन सिंहले बताए । उनका अनुसार अहिले पनि पहिरो खसिरहेको छ । यो सडक आयोजनालाई प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण अघि बढाएको छ । सडकको काठमाडौंतर्फको केही भाग भने कालोपत्रे गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...