कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री



हाम्रो इकोनोमि

 

 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए ।

पहिलो कारणमा मुल्य वृद्धि हुनु रहेको बताए । दोस्रो कारणमा उनले भने, ‘निरन्तरको वर्षाले कोलकात्ता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा हुनु देखिएको छ । उनका अनुसार अहिले पनि मल होल्ड भएर रहेको छ ।

उनले भनेका छन्, ‘अहिले पनि मल लोड भएको तीन वटा जहाज कोलकात्ता पोर्टमा होल्ड भएको छ । कोलकात्ता पोर्टको जाम नहटेकोले खरिद गरिएको ६० हजार टन युरिया समेत आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...