नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा सरकारले दस्तुर लिने



हाम्रो इकोनोमि

 

 

सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले  सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय  रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ । सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...