लक्ष्मी आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंकद्वारा साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण



हाम्रो इकोनोमि

 

 

माछापुच्छ्रे बैंक लिमिटेड पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका–५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ । यो सहयोग बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको हो । विद्यालयका विद्यार्थीको दैनिक एसेम्ब्ली तथा विभिन्न कार्यक्रम सञ्चालनमा सहजीकरण होस् र बालकक्षा सञ्चालनमा कार्पेट उपयोगी होस् भन्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक मिना कुमारी पचभैयाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बैंकका शाखा प्रबन्धक बिक्रम राणा रहेका थिए । कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिवम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन ऋषिराम भुसालले गरेका थिए। प्रमुख अतिथि राणाले ग्रामीण विद्यालयलाई सहयोग गर्न पाउँदामा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक पचभैयाले यस किसिमको सहयोग पहिलो पटक प्राप्त भएको भन्दै बैंकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...