लक्ष्मी आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंकद्वारा साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण



हाम्रो इकोनोमि

 

 

माछापुच्छ्रे बैंक लिमिटेड पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका–५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ । यो सहयोग बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको हो । विद्यालयका विद्यार्थीको दैनिक एसेम्ब्ली तथा विभिन्न कार्यक्रम सञ्चालनमा सहजीकरण होस् र बालकक्षा सञ्चालनमा कार्पेट उपयोगी होस् भन्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक मिना कुमारी पचभैयाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बैंकका शाखा प्रबन्धक बिक्रम राणा रहेका थिए । कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिवम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन ऋषिराम भुसालले गरेका थिए। प्रमुख अतिथि राणाले ग्रामीण विद्यालयलाई सहयोग गर्न पाउँदामा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक पचभैयाले यस किसिमको सहयोग पहिलो पटक प्राप्त भएको भन्दै बैंकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...