ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड



हाम्रो इकोनोमि

 

 

गत आर्थिक वर्ष २०८१/८२ मा ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १.०९ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ भएको छ । खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड २० लाख हुँदा सञ्चालन आम्दानी २१ अर्ब २७ करोड ६४ लाख छ ।

बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पत्तिको मूल्य एक हजार ८०९ रुपैयाँ ६१ पैसा रहेको छ । यसका साथै प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो मुनाफा ५० करोड ६७ लाख रुपैयाँ थियो । बैंकको लाभांश क्षमता १४.११ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने जगेडा कोषमा २४ अर्ब २१ करोड लाख रुपैयाँ छ । गत आवमा बैंकले खर्ब ५० अर्ब ६२ करोड ८४ लाख निक्षेप संकलन गरेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४।८७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...