ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड



हाम्रो इकोनोमि

 

 

गत आर्थिक वर्ष २०८१/८२ मा ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १.०९ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ भएको छ । खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड २० लाख हुँदा सञ्चालन आम्दानी २१ अर्ब २७ करोड ६४ लाख छ ।

बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पत्तिको मूल्य एक हजार ८०९ रुपैयाँ ६१ पैसा रहेको छ । यसका साथै प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो मुनाफा ५० करोड ६७ लाख रुपैयाँ थियो । बैंकको लाभांश क्षमता १४.११ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने जगेडा कोषमा २४ अर्ब २१ करोड लाख रुपैयाँ छ । गत आवमा बैंकले खर्ब ५० अर्ब ६२ करोड ८४ लाख निक्षेप संकलन गरेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४।८७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...