नबिल बैंकले कमायो ७ अर्बभन्दा बढी नाफा



हाम्रो इकोनोमि

 

 

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी ५.३८ प्रतिशत, सञ्चालन आम्दानी ३.४२ प्रतिशत र सञ्चालन मुनाफा २५.४४ प्रतिशत बढेको छ ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ । गत आवमा यस बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी ४ खर्ब १२ अर्ब ७९ करोड गरेको छ । बैंकको खराब कर्जा ४.२७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...