नबिल बैंकले कमायो ७ अर्बभन्दा बढी नाफा



हाम्रो इकोनोमि

 

 

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी ५.३८ प्रतिशत, सञ्चालन आम्दानी ३.४२ प्रतिशत र सञ्चालन मुनाफा २५.४४ प्रतिशत बढेको छ ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ । गत आवमा यस बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी ४ खर्ब १२ अर्ब ७९ करोड गरेको छ । बैंकको खराब कर्जा ४.२७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...