प्रभु बैंकले कमायो ५ अर्ब ४४ करोड, नाफामा सुधार



हाम्रो इकोनोमि

 

 

 प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो । त्यस वर्ष बैंकले ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवसम्म बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ छ । खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड २६ लाख हुँदा सञ्चालन आम्दानी १० अर्ब ५७ करोड २६ लाख रहेको छ ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा ३ अर्ब २ करोड ५२ लाख रुपैयाँ थियो । बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५५ करोड १२ लाख रुपैयाँ छ । गत आवसम्म बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...