बाजुराको नाटेश्वरी मन्दिरमा १ क्विन्टलको ऐतिहासिक घण्टी चढाइयो



हाम्रो इकोनोमि

 

 

 

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल नाटेश्वरी मन्दिरमा १ क्विन्टल (१०० केजी) तौलको ऐतिहासिक महाघण्ट चढाईएको छ । जनैपूर्णिमाको अवसरमा सो ‘महाघण्ट’ अमेरिका निवासी पदमबहादुर शाही र उनका भाइहरू भरतबहादुर शाही तथा पारस विक्रम शाहीले संयुक्त रूपमा नाटेश्वरी देवीलाई श्रद्धापूर्वक चढाएका हुन् ।  शाही परिवारले काठमाडौंका प्रसिद्ध शिल्पीमार्फत तीन महिना लगाएर बिशेष गजुर सहितको कलात्मकता झल्किने यो भव्य घण्ट निर्माण गराएका थिए । यसलाई स्थानीय बाजागाजा, पञ्चकन्या, मंग्ल्यारी र धामी–पुजारीको सहभागिता तथा लावालस्करसहित नाटेश्वरीको भण्डारघर खिरपाटाबाट स्थानीय युवाको सहयोगमा मन्दिरसम्म पुर्याइएकोथियो ।

मन्दिरका पुजारी पर्वतबहादुर शाहीका अनुसार, शाही परिवारले चढाएको यो घण्ट हालसम्मकै सबैभन्दा ठूलो हो  । “मन्दिरमा रहेको घण्टी देवीको मुख्य गहना हो । यसको विशिष्ट आकार, कलात्मक निर्माण र आध्यात्मिक महत्त्वका कारण यो दर्शनार्थी तथा भक्तजनको आकर्षणको केन्द्र बन्नेछ, उनले बताए । हालै जीर्णोद्धार सम्पन्न गरिएको नाटेश्वरी मन्दिरमा यसअघि पनि ऐतिहासिक महत्त्वका घण्ट अर्पण गर्ने परम्परा रहँदै आएको छ ।

राणाकालीन प्रधानमन्त्री वीर शमशेर र स्व. रानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहका हजुरबुवा जर्नेल अग्नी शमशेर जबराले पनि यस मन्दिरमा घण्ट चढाएका थिए । ती घण्टहरू अहिले पनि मन्दिरमा सुरक्षित छन् । परापूर्वकालमा स्थानीय राजा दिपराज छत्यालले बडीमालिका मन्दिरको निर्माणपछि देविकै आज्ञा अनुसार नाटेश्वरी मन्दिर स्थापना गरेका थिए । धार्मिक परम्पराअनुसार बडीमालिका देवीलाई बहिनी र नाटेश्वरी देवीलाई दिदिका रूपमा पूज्ने चलन आजसम्म रहँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...