माधव-झलनाथबीच थप झगडा नगर्ने सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल वाकयुद्धमा उत्रिएपछि विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका छन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत दोस्रो तहको नेताहरूको सक्रियतापछि शनिबारयता उनीहरूबीच दुई चरणको भेट भइसकेको छ । शनिबार अध्यक्ष नेपाल पार्टीको कार्यक्रममा जानुपर्ने भएकाले छोटो भेट मात्रै भएको थियो । तर, सोमबार दुई नेताहरुबीच पार्टीभित्र देखिएको समस्या समाधान गरेर जान सहमत भएका छन् ।

दुई नेताबीचको भेटबारे उपमहासचिव राजकुमार भट्टराईले भने, पार्टीका दुई शीर्ष नेताहरूबीचको यो नियमित भेट हो । बाहिर चर्चा भएजस्तो पार्टीभित्र विवाद छैन । सबै कुरा मिल्छन् । दुई नेताबीच अब सार्वजनिक रूपमा एक-अर्काविरुद्ध नबोल्ने र बाँकी कुरा पार्टी बैठकमा छलफल गर्न पनि तयार भएका छन् । सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्षमा पनि औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल चिढिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...