अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु



हाम्रो इकोनोमि

 

 

अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् । टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा भएको गोलीकाण्डमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जनाएको छ ।

रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले बताएका छन् । ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...