बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ घाइते



हाम्रो इकोनोमि

 

 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार निधन हुनेको पहिचान खुलेको छैन । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक  झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...