यस वर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको उल्लेख गरेका छन् ।

कृषि मन्त्रालयको विवरण अनुसार, यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी ७ हजार ६५३ मेट्रिक टन, पोटास ४ हजार ९१५ मेट्रिक टन रहेको छ । त्यसैगरी, साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए । जसमा युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन, पोटास १,७८५ मेट्रिक टन रहेको छ ।

प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । ‘खेतबारी हराभरा बनाऔँ’ भन्दै प्रधानमन्त्री ओलीले कृषकहरूलाई खेतीपातीमा आवश्यक मल समयमै प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...