२ करोड ८४ लाख हिनामिनामा महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

 

महालक्ष्मी विकास बैङ्क लिमिटेडको गोकुलेश्वर शाखाबाट दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ उनन्तीस पैसा हिनामिना भएको छ । उक्त रकम अपचलन गरेको भन्दै बैङ्कका तत्कालीन चार जना कर्मचारी पक्राउ परेका छन् । महालक्ष्मी विकास बैङ्कको पत्र जाहेरीसहित प्राप्त कागजात र बैङ्क विवरणको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू घटनामा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका-९ घर भई नगद विभागमा तत्कालीन कार्यरत २९ वर्षीया निर्मला साउँद, बैतडी पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा तत्कालीन कार्यरत २८ वर्षीय अम्बादत्त पन्त, डोटी स्थायी घर भई हाल कैलाली भजनी नगरपालिका-७ बसोबास गर्दै शाखा प्रबन्धकका रूपमा कार्यरत ३५ वर्षीय सागर शाही र दार्चुला लेकम गाउँपालिका-१ घर भई कर्जा विभागमा तत्कालीन कार्यरत ३१ वर्षीय धनञ्जय पन्त रहेका छन् ।

केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले मिति २०८२ साउन २४ गते उनीहरूलाई पक्राउ गरी बैङ्किङ कसुर मुद्दा दर्ता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...