देउवा निवासमा कांग्रेसका नेताहरूबीच छलफल



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग पार्टीको आन्तरिक विषयमा छलफल गरेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा सहभागी पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद, म्याद थपिएका भ्रातृ संस्थाको महाधिवेशन, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भएको थियो । बैठक झन्डै तीन घण्टासम्म चलेको थियो ।

बैठकमा सरकारको समीक्षादेखि कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि सामान्य छलफल भएको बताइन्छ । महामन्त्रीद्वय थापा र शर्मा सरकारसँग सन्तुष्ट छैनन् । हिजो साँझ गृहमन्त्री रमेश लेखकले दुई महामन्त्रीसँग होटेल ‘डिनर मिटिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...