देउवा निवासमा कांग्रेसका नेताहरूबीच छलफल



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग पार्टीको आन्तरिक विषयमा छलफल गरेका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा सहभागी पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद, म्याद थपिएका भ्रातृ संस्थाको महाधिवेशन, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भएको थियो । बैठक झन्डै तीन घण्टासम्म चलेको थियो ।

बैठकमा सरकारको समीक्षादेखि कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि सामान्य छलफल भएको बताइन्छ । महामन्त्रीद्वय थापा र शर्मा सरकारसँग सन्तुष्ट छैनन् । हिजो साँझ गृहमन्त्री रमेश लेखकले दुई महामन्त्रीसँग होटेल ‘डिनर मिटिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...