पार्टी एकताको विषयमा नारायणकाजी र घनश्यामबीच छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाट बढाएका छन् । केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका श्रेष्ठको आज नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटवार्ता भएको छ ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बताइएको छ ।

भेटमा दलहरूको वर्तमान अवस्था र भूमिका, एमाले-कांग्रेस गठबन्धन सरकारका गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार-विमर्श भएको छ । यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बतायो । विप्लवसँगको भेटमा पनि श्रेष्ठले कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...