ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ : लेखराज भट्ट



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताएका छन् । प्रेस चौतरी नेपाल सुदुरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उस्तो उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।

‘नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो । ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन । म पनि उहाँलाई पढ्दैछु’, भट्टको भनाइ थियो । उनले ओलीलाई बुझ्न अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए । ‘उहाँ कतिखेर के कदम चाल्नु हुन्छ भन्ने हामीले बुझ्न सक्दैनौं, चालेपछि बल्ल थाहा हुन्छ । एउटा संघर्ष, इतिहास निर्माणबाट आउनुभएको छ ।

नेकपाकालको अन्तरसंघर्षमा ओलीलाई कारबाही गरिसकेपछि अब पार्टी बन्छ त ? भन्ने प्रश्नबीच पार्टी बन्छ भन्ने आत्मविश्वास साथ आफूले ओलीलाई साथ दिएको भट्टले बताए । उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, ‘महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ । म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म । त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ ।’ सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...