सम्पर्क कार्यालय खोल्दै विद्या भण्डारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टी सदस्यता नवीकरण रोकेर सक्रिय राजनीतिमा फर्किने बाटो बन्दा गरेपनि पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो राजनीतिक गतिविधि अघि बढाउने भएकी छन् । एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष भण्डारीले सम्पर्क कार्यालय नै खोलेर आफ्नो प्रचारलाई अघि बढाउन लागेको भंगाल स्रोतले जनाएको छ ।

भण्डारीले बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापनाका लागि घर समेत भाडामा लिइसकेको बताइएको छ । एमालेले च्यासलको ढोका बन्द गरेपछि भण्डारीको पाइला राजनीतिक गतिविधिकै लागि थापागाउँतिर मोडिएको उनीनिकट नेताहरुले बताएका छन् ।

अब उनी मदन भण्डारी फाउन्डेसन मार्फत देशभरी नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् । संयोग मान्नुपर्छ, विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए । भण्डारीले यहि घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारीस्वरुप अहिले सरसफाइको काम चलिरहेको छ । मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर गरेकी थिइन् ।त्यसैले अहिले विद्याले त्यही घरलाई राजेर घरधनीसँग कुरा फिक्स गरेर सरसफाइको काम भइरहेको उनीनिकट स्रोतले बतायो । स्रोतले भन्यो त्यो घरमा उहाँको भावना र लिगेसी पनि जोडिएको छ । उहाँलाई कसैले रोकेर रोकिन्नुहुन्न । २,३ दिनमै औपचारिक रुपमा उद्घाटन भएपछि देशभर आफ्नो अभियानका लागि निस्कनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...