रविले बाहिर बसेर मुद्दा फेस गर्न पाउनुपर्छ : बाबुराम
नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् ।लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट गरेका हुन् ।
भेटेपछि उनले भने उहाँमाथि अन्तिम फैसला भइसकेको छैन । न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ थप अपराज गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन । त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो । उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भएपनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बता ।


