युवा संघका दुई नेता साधारण सदस्यबाटै निष्कासित



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो ।

यसअघि साउन १० मा पार्टीविरोधी गतिविधि गरेको र आर्थिक अनियमितता गरेको भन्दै उनीहरुलाई निलम्बन गरेपछि पनि उनीहरुले चित्तबुझ्दो जवाफ नदिएको र नेताहरुलाई गालीगलौज गर्ने र मिडियाबाट अर्नगल प्रचार नरोकेका कारणउनीहरुलाई साधारण सदस्यबाट हटाइएको युवासंघले जनाएको छ । संगठनले उनीहरूलाई कुनै नेताप्रति पक्षधर भएको वा गुटगत कारणले नभई अनुशासनहीनता, ठगी, आर्थिक अपचलन र संगठन विरोधी गतिविधिका कारण कारबाही गरिएको स्पष्ट पारेको छ।

सुरज खरेलमाथि महाधिवेशनका अध्यक्षमण्डल सदस्यहरूमाथि अभद्र व्यवहार, गालिगलौज र ज्यान मार्ने धम्की दिएको, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार गरेको तथा विधानविपरीत प्रदेश सचिवालय बैठक बोलाई कमिटी पुनर्गठनको प्रयास गरेको आरोप छ । उनीमाथि पटक–पटक सचेत गराउँदा पनि नमानिएको भन्दै कारबाही गरिएको हो । खरेल रुपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् ।

त्यस्तै, इलामकी युवान्तिका राईमाथि भने सरकारी कोटामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको ठगीसम्बन्धी उजुरी परेपछि कारबाही गरिएको हो। संगठनका अनुसार उनले प्रधानमन्त्रीको छोरी हुँ भन्दै विदेश पठाउने प्रलोभनमा ३ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि उजुरी र प्रमाणले गरेपछि कारबाही गरिएको हो । नागरिकता प्रकरणसमेत चितवन जिल्ला अदालतमा विचाराधीन रहेको जनाइएको छ ।

युवा संघका प्रवक्ता निरोज पौडेलले कारबाही पूर्णतः विधि र विधान अनुसार भएको प्रष्ट पार्दै व्यक्तिगत गोपनीयताको संरक्षण गर्दै सचेत गराउने नेतृत्वको सदाशयतालाई कमजोरी ठानेर झन् संगठन र पार्टीविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाएका छन् । पार्टी र नेतृत्वमाथि लाञ्छना लगाउँदै कपोलकल्पित आरोप फैलाउने कार्य गम्भीर राजनीतिक विचलन हो, विज्ञप्तिमा उल्लेख छ, संगठनको अनुशासन, हित र गरिमा कायम राख्न बाध्य भएर कारबाही गरिएको हो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...