२ कार्यकाल र उमेर हदबारे एमालेमा फेरि बहस



हाम्रो इकोनोमि

 

 

 भदौ २०-२२ को विधान महाधिवेशनलाई लक्षित गर्दै नेकपा एमालेमा उमेर हद र २ कार्यकाललगायत विधानका मौजुदा प्रावधानमा बहस थालिएको छ । पार्टी निकटको बुद्धिजीवी परिषद्को अगुवाइमा गुगल फाराममार्फत् डिजिट सर्वेक्षण सुरू गरिएको हो । परिषद्ले एमालेको मार्गदर्शक सिद्धान्त ‘जबज’ बारे आजको सन्दर्भमा सान्दर्भिक छ/छैन  ? केन्द्रीय कमिटीमा ३०१ सदस्यको व्यवस्था, पदाधिकारीमा १९ सदस्यको व्यवस्थाबारेमा पनि रायसहितको प्रश्नावली तयार पारेको छ ।

त्यस्तै पदाधिकारीको ७० वर्षे उमेर हद, २ कार्यकालको सीमाको विषय पनि सर्वेक्षणमा समेटिएको छ । ‘पार्टी परित्याग गरेका कुनै व्यक्ति पुनः पार्टी प्रवेश गर्दा त्यही पदमा पुनःस्थापना गर्ने प्रचलन रोक्न यसबारे विधानमा नै व्यवस्था गर्नुपर्छ भन्ने प्रस्तावमा तपाईँको राय के छ  ?  सर्वेक्षणमा सोधिएको छ ।

विभिन्न संवैधानिक आयोगमा जिम्मेवारी वहन गरेका व्यक्ति पुनः पार्टी जिम्मेवारीमा सक्रिय हुने व्यवस्था राख्नेबारेको धारणा पनि प्रश्नावलीमा राखिएको छ । परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलिया विधान महाधिवेशनलाई व्यवस्थित बनाउन सर्वेक्षण सुरू गरेको बताउँछन् । सर्वसाधारणलाई समेत लक्षित गरी सर्वेक्षण सुरू गरिएको उनको भनाइ छ ।

‘बहस गर्न नपाउने विधान महाधिवेशनको औचित्य छैन । विधानबारे सबैले व्यापक छलफल गर्न पाउनुपर्छ । यो विषयमा बहस गर्नेरयो विषयमा नगर्ने भनेर रोक लगाउनु हुँदैन थपलियाले भने । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले भने पार्टीमा निर्णय भइसकेका संवेदनशील विषयलाई पुनः विवादास्पद बनाउन खोज्नु पार्टी एकतालाई कमजोर पार्ने काम भएको जिकिर गरेका छन् ।

पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिमा निर्णय भएका विषयमा बहस सुरू हुनु भनेको पार्टी निर्णयविरुद्ध जानु हो । विधान महाधिवेशनलाई विवादित पार्ने गरी गरिएको सर्भेक्षण सङ्गठनात्मक अनुशासनविपरीतको कार्य हो’ गौतमले भने ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...