कर्णाली विकास बैंक घोटाला काण्ड, तीन जना थुनामा पठाउने आदेश



हाम्रो इकोनोमि

 

 

 बाँकेको नेपालगन्जमा प्रधानकार्यालय रहेको कर्णाली विकास बैंकमा भएको सवा तीन अर्ब रुपैयाँको घोटाला मुद्दामा संलग्न ठहर भएका एमाले केन्द्रीय सदस्यसहित तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

आज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले बैंकका पूर्वअध्यक्ष रहेका एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राख्न आदेश दिएको हो । यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

कर्णाली विकास बैंकमा भएको आर्थिक अनियमितताको अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १०९ जनालाई प्रतिवादी बनाई उच्च अदालतमा मुद्दा दायर गर्न सिफारिस गरेको थियो। तीमध्ये हालसम्म चार जना मात्र पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...